३२ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ठप्प

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३, २०७६ | काठमाडौं

- नेपालमा कार्यरत ३२ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले काम गर्न छाडेको समाज कल्याण परिषद्को तथ्यांकले देखाएको छ । ती संस्थाको काम ठप्प भएको र केहीले नेपाल नै छोडेको परिषद्ले जनाएको छ । समाज कल्याण परिषद् अर्न्तगत नेपालका स्वदेशी तथा विदेशी गैरसरकारी संस्थाको अनुगमन गर्ने शाखाले ती ३२ मध्ये नविकरणका लागि आएका आधा जसो संस्थाको नविकरण स्वीकृत नगरिएको जनाएको छ ।

भूकम्प लगत्तै राहत र अन्य मानवीय सहायताका लागि आएका ६ वटा संस्था समेत बाहिरिहएका छन्  । द ब्लुबेरी हिल च्यारिटेबल ट्रष्ट, ह्याप्पी हाउस फाउन्डेशन, नेपाल लाईफ, हेल्थ राईट्स ईन्टरनेशनल नेपाल, रिड नेपाल, लगायत करिव २ दर्जन बढी अन्तर्राष्ट्रिय संस्थाको नविकरण नै रोकिएको परिषदका सूचना अधिकारी दुर्गा प्रसाद भट्टराईले बताउनुभयो । 

केही संस्थाहरुले नविकरणका लागि आवश्यक कागजात पेश गर्न नसकेको र केही नविकरण रोक्काका लागि आएपनि पछि सम्पर्कमै नरहेका संस्थाहरु खारेजीमा परेको भट्टराईको भनाई छ । 


प्रतिक्रिया