किन पुग्दैन लक्षित किसानसम्म कृषि अनुदान ?

रेडियो कान्तिपुर संवाददाता

भाद्र ९, २०७६ | काठमाडौं

- वास्तविक कृषक सरकारी अनुदानबाट वन्चित रहेको गुनासो बढीरहँदा सरकारले समेत संख्या र भूगोलको हिसाबले सबै किसानले लाभ पाउन नसकेको स्वीकार गरेको छ । व्याज अनुदान र बीमाको अनुदानमा सबैको समान पहुँच भएपनि कतिपय अनुदानको प्रकृति स्थान विशेष वा सिमित संख्याका लागि मात्रै हुने हुँदा  गुनासो बढ्नु स्वभाविक भएको कृषि तथा पशुपन्छी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताउनुभयो ।

कतिपय अनुदानमा कसका लागि, के प्रयोजनका लागि,  समयका लागि र कति जनाको लागि भन्ने विषयमा स्पष्ट नहुने र प्रक्रियागत विषयलाई झन्झटिलो मान्ने गरेकोले पनि कृषि अनुदानको प्रभावकारिता नदेखिएको उहाँको भनाई छ ।  कतिपय अवस्थामा किसानले अनुदान प्रक्रियाबारे नबुझदा लक्षित वर्गले भन्दा विचौलिया र पुहँचवाला किसानले मात्रै अनुदान प्राप्त गर्ने गरेका छन् । 

 


प्रतिक्रिया