डेंगु संक्रमण बढ्दै, दाङमा १५ जनालाई संक्रमण

रेडियो कान्तिपुर संवाददाता

भाद्र २४, २०७६ | दाङ

दाङमा डेंगु रोगको संक्रमण बढ्दै गएको छ । आजसम्म १५ जना बिरामीमा डेंगु देखापरेको जनस्वास्थ्य कार्यालयका डेंगु फोकल पर्सन कमल चन्दले बताउनुभयो । घोराही उपमहानगरपालिकामा ७, तुलसीपुर उपमहानगरपालिकामा ६ र बबई गाउँपालिकामा २ जना बिरामी भेटिएको उहाँले जानकारी दिनुभयो ।

तीमध्ये केही उपचारपछि घर फर्किसकेको र केहीको काठमाण्डौ तथा लखनऊमा उपचार भैरहेको उहाँले बताउनुभयो ।

जिल्लामा सबैभन्दा बढी बिरामी भेटिएपछि घोराही उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि विषेश अभियान थालेको छ । उपमहानगरको स्वास्थ्य शाखाले ‘लामखुट्टे खोज अनि मार’ अभियान सञ्चालन गरेको छ ।

पानी जम्ने खाडल तथा भाँडोहरुमा बस्ने एडिस नामक लामखुट्टेको टोकाईबाट डेंगु सर्ने भएका कारण नियन्त्रण अभियान थालिएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले बताउनुभयो । 


प्रतिक्रिया