काठमाडौ उपत्यकासहित मुलुकभर वर्षा

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३१, २०७६ | काठमाडौं

बंगालको खाडीबाट आएको मनसुन सक्रिय भएपछि काठमाडौ उपत्यकासहित मुलुकभर वर्षा भइरहेको छ । भारत मध्य प्रदेशको उत्तर पश्चिमी भेगमा बनेको न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट अएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसुन सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मध्य, पूर्वी र पश्चिमी भेगका अधिकांश स्थानमा पुर्ण बदली भई दिनभर वर्षा हुने महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिनभुाये । यो क्रम केही दिन जारी रहने महाशाखाले जनाएको छ । 

साधारणतया जुन महिनामा मनसुन प्रवेश गरी सेप्टोबर २३ सम्म रहने भएपनि यसपटक भने मनसुन अलि लम्बिने सम्भावना रहेको उहाँले बताउनुभयो । काठमाडौं उपत्यकामा गत २४ घण्टामा १० मिलिमिटर वर्षा भएको छ । पोखरामा सबैभन्दा धेरै ७६ मिलिमिटर वर्षा भएको छ । 


प्रतिक्रिया