पूर्व सीईओसहित ११ जना पक्राउ

रेडियो कान्तिपुर संवाददाता

आश्विन ५, २०७६ | काठमाडौं

- बैंकिङ कसुर मुद्दामा बैंक अफ काठमाडौंका पूर्व कार्यकारी अधिकृत सीईओसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पूर्व सीईओ अजय श्रेष्ठ, कर्मचारी किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त, ऋणी सुरेन्द्र श्रेष्ठ लगायत छन् । नक्कली जग्गाधनी प्रमाणपत्र पेश गरी बैंकको कमलादी शाखाबाट करिब साढे ४ करोड रुपैयाँ निकालेको उजुरीका आधारमा उनीहरुलाई काठमाडौका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

श्रेष्ठसहित ३ जना पूर्वकर्मचारी हुन् । ३ जना बैंकका बहालवाला कर्मचारी नै हुन् । बाँकी ऋणीहरु हुन् । उनीहरुलाई एकै पटक भने पक्राउ गरिएको होइन । विभिन्न समयमा पक्राउ गरेर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।    

 


प्रतिक्रिया