माथिल्लो डोल्पामा अझै बहुपति प्रथा 

आश्विन ११, २०७६ | डोल्पा

माथिल्लो डोल्पाका केही गाउँपालिकामा बहुपति प्रथा तथा पाण्डु प्रथा अझै कायमै छ । तिब्बती संस्कारका रुपमा रहेको माथिल्लो डोल्पाका विभिन्न वस्तीहरुमा अझै पनि बहुपति प्रथा कायम रहेको छ । 

वर्तमान समय विज्ञान प्रविधिको जमानाले विश्व परीवर्तन भइरहेको बेला बिहेवारीको बहुपति प्रथा तथा पाण्डु प्रथा कायमै हुँदा जिल्लाका समुदायमा चेतनाको कमी एथावत रहेको छ । डोल्पाका ८ वटा स्थानीय तहहरुमध्ये डोल्पो बुद्ध गाउँपालिका, शे फोक्सुण्डो गाउँपालिका र छार्कातांसोङ गाउँपालिकाका केही परिवारहरु अझै यो बहुपति प्रथामै रहेको पाइएको छ ।

बहुपति प्रथा भनेको पाँच पाण्डवकी एउटी श्रीमती भए जस्तै घरमा जेठो दाइले विवाह गरी ल्याएपछि सबै भाइहरुले तिनै दाइकी श्रीमतीलाई आफ्नी श्रीमती मान्ने तथा एउटी श्रीमतीका धेरै पतिहरु हुने परम्परालाई बहुपति प्रथा भनिएको हो । आफ्नै मौलिकता र कला संस्कार बोकेका उपल्लो डोल्पा बासिहरुमा बहुपति प्रथा कू संस्कार हो भनी चेतना हुन सकिरहेको छैन् ।

विभिन्न कुराहरुमा पहिला भन्दा निकै परिवर्तन भएको माथिल्लो डोल्पाका स्थानीय तहहरुमा यो प्रथाको भने अझै अन्त्य हुन सकेको छैन । घरको धनसम्पत्तिमा अंशबण्डा लाग्छ र गरीब भइन्छ भन्ने भावनाका साथ घरका भई नछुट्टिने गरी घरमा जति भई छन् ती सबैकी एक जना मात्र श्रीमति विवाह गर्ने संस्कार नै पाण्डु प्रथा तथा बहुपति प्रथा डोल्पो बुद्ध गाउँपालिका वडा नं १ का वडा अध्यक्ष क्याल्पो थापा भोटेले बताउनुभयो । 

युगौ देखि चल्दै आएको बहुपति प्रथा हिजो आज पनि यदाकदा कायम छ । भोलि कायम रहने कुरा समयले बताउने छ । डोल्पोबुद्ध गाउँपालिका सिमेनकी स्थानीय ट्याङ्गा लामाले बताइन् । तर, अब यस प्रकारको पुरानो संस्कारलाई विस्तारै हटाउनु पर्ने युवाहरुले बताउने गरेका छन् ।

बुढापाकाहरुमा रहेको यो बहुपति प्रथा तथा पाण्डु प्रथालाई न्यूनिकरण गर्नको लागि सबै जिम्मेवार निकायहरु एक भएर युवा पीडित तथा आगामी दिनमा जनचेतना फैलाउनु पर्ने माथिल्लो डोल्पाका युवाहरु बताउँछन् ।


प्रतिक्रिया