निर्माण सामाग्रीमा ठगी गर्ने गिरोह पक्राउ

रेडियो कान्तिपुर संवाददाता

कार्तिक १, २०७६ | काठमाडौं

महानगरीय अपराध महाशाखाको टोलीले गिटी, बालुवा लगायत निर्माण सामाग्रीमा ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ । टोलीले आज बिहान काठमाडौंका विभिन्न स्थानमा रहका निर्माण सामाग्री ढुवानी डिपोहरुमा अपरेशन सञ्चालन गरेको थियो ।

२३ वटा डिपोमा छापा मार्दा सबैले उपभोक्तालाई ठगी गर्ने गरेको भेटिएको एसएसपी सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

उनीहरुले मिनी ट्रकमा पाँच ईन्चसम्मको फलामे र काठको बाकस बनाई गिटी– बालुवा, इँटा र ढुंगाको परिणाम कम गरेर बेच्ने गरेको पाईएको एसएसपी थापाको भनाई छ । प्रहरीले गुण्डानाइके बाघे भनिने सुकबहादुर लामासहित २३ वटै डिपो सञ्चालकलाई पक्राउ गरेको छ ।  


प्रतिक्रिया