केयूका प्राध्यापक र कर्मचारी आन्दोलित

मंसिर ६, २०७६ | काभ्रे

विश्वविद्यालय सभा र कार्यकारी परिषद्मा सहभागी गराउने पूर्वसहमति विपरीत प्रशासनले बेवास्ता गरेको भन्दै काठमाडौं विश्वविद्यालय (केयू) का प्राध्यापक र कर्मचारीले आन्दोलनको चेतावनी दिएका छन् । 

विश्वविद्यालय व्यवस्थापनले काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघसँग गरेका सम्झौताका बुँदाहरु कार्यकारी परिषदले स्वामित्व ग्रहण गरिसकेको अवस्थामा पनि सहमति उल्लंघन भएको भन्दै आन्दोलनको चेतावनी दिएका हुन् ।  

दुबै संगठनले मंसिर १० गतेसम्म सहमति कार्यान्वयन नभए कार्यकारी परिषदका सदस्यहरुको रानीनामा माग गर्ने, उपकुलपति र रजिष्ट्रारका कार्यालयहरु पुन:बन्द गर्ने, र सम्झौता कार्यान्वयन गर्न सहकुलपति तथा कुलपतिलाई अुनरोध गर्ने निर्णय गरेको प्राध्यापक संघका अध्यक्ष वेदमणि दाहालले जानकारी दिनुभयो ।

२५ औं दीक्षान्त अघि बसेको सभामा प्राध्यापकका प्रतिनिधि सहभागी छैनन् । ४० दिनको निरन्तर तालाबन्दी पछि भदौ ३१ गते भएको सम्झौतामा विश्वविद्यालय सभामा प्राध्यापक र कर्मचारीका एक/एक प्रतिनिधि आमन्त्रित गर्ने सहमति भएको थियो ।


प्रतिक्रिया