तथ्याङ्कविहिन सरकार

मंसिर २८, २०७६ | काठमाडौं

सरकारले चालु आर्थिक वर्षमा ५ लाख युवालाई रोजगारी दिने भनिएपनि लक्षित वर्गलाई समेट्न सकेको छैन । कति युवा रोजगारमा संलग्न भए भन्ने यकिन तथ्याङक समेत नभएको श्रम विभागले स्वीकार गरेको छ । विभागका महानिर्देशक सनत केसीले भन्नुभयो, हामीले त्यस्तो कुनै तथ्याङ्क विश्लेषण गरेका छैन, रोजगारीको कति अवसर सिर्जना भयो भन्ने तथ्याङ्क अहिले हामीसँग छैन । समग्र श्रम बजारको ७० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको नीजि क्षेत्रमा संमेत रोजगारी सम्वन्धी यकिन तथ्याङ्क छैन ।

 करिब साढे २ लाखको हाराहारीमा रोजगारी सिर्जना हुने आंकलन भएपनि त्यसको यकिन तथ्याङ्क नभएको नेपाल उद्योग महासंघ अन्तर्गतको रोजगारदाता परिषदका सहसभापति भरत आचार्यले बताउनुभयो । राष्ट्रिय योजना आयोगका अनुसार श्रम बजारमा वार्षिक ५ लाख बेरोजगार थपिन्छन् । श्रम बजारमा प्रवेश गर्ने युवामध्ये धेरैजसो वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

 सरकारले दुई वर्षयता युवाहरुलाई वैदेशिक रोजगारीमा जानुको साटो मुलुकभित्रै काम गर्न आग्रह गर्दै आएको छ तर श्रम बजारमा थपिने शिक्षित र अशिक्षित युवा कहाँ कति खपत भइरहेका छन् भन्ने तथ्यांक सरकारले संकलन गर्न सकेको छैन ।  


प्रतिक्रिया