समाजवादीले आजदेखि विसु अभियान सुरु गर्दै

माघ ३, २०७६ | ..काठमाडौं

समाजवादी पार्टीले तीन महिने ‘संगठन विस्तार एवं सुदृढीकरण अभियान’ आजदेखि सुरु गर्ने भएको छ । सातै प्रदेशमा बिहान ११ बजे एकैसाथ अभियानको शुभारम्भ गर्ने वरिष्ठ नेता अशोक राईले जानकारी दिनुभयो । ‘विसु’ नाम दिइएको अभियानका अन्तर्गत तीन महिनासम्म समाजवादीले पार्टी समायोजनका बाँकी काम सम्पन्न गर्ने, सदस्यता नविकरण, स–विस्तार, पार्टी प्रवेश, प्रशिक्षण, सभा एवं गोष्ठीको आयोजना लगायतका काम गर्ने वरिष्ठ नेता राईले बताउनुभयो ।

 समाजवादीले सरकारबाट बाहिरिएसँगै संगठन विस्तार र सुदृढीकरण अभियान सुरु गर्न लागेको हो । आज सातै प्रदेशमा एकै पटक उद्घाटन हुने अभियानका लागि शीर्ष नेताहरु पुगीसकेका छन् । प्रदेश–१ मा वरिष्ठ नेता अशोककुमार राई, प्रदेश–२ मा कार्यकारी अध्यक्ष उपेन्द्र यादव, बागमती प्रदेशमा सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, र गण्डकी प्रदेशमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले कार्यक्रम उद्घाटन गर्नुहुने छ । त्यस्तै प्रदेश–५ मा उपाध्यक्ष नवराज सुवेदी र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष हेमराज राई यस्तै कर्णाली प्रदेशमा अर्का उपाध्यक्ष युवराज कार्कीलेसम्बोधन गर्ने समाजवादीले जनाएको छ ।


प्रतिक्रिया