सरुवा रोग सर्न सक्ने भन्दै सतर्क रहन विज्ञको सुझाव

माघ ३, २०७६ | काठमाण्डौं

– पर्यटन वर्ष २०२० का लागि नेपाल घुम्न आउने पर्यटकको माध्यमबाट सरुवा रोग भित्रन सक्ने भन्दै विज्ञहरुले सतकर्ता अपनाउन सुझाएका छन् । विभिन्न मूलुकबाट नेपाल घुम्न आउने पर्यटकको साथमा विभिन्न खाले सरुवा रोगको संक्रमण भित्रन सक्ने भन्दै उनीहरुले अन्तराष्ट्रिय विमानस्थलमा उच्च प्रविधियुक्त जनशक्ति परिचालन गर्नुपर्नेमा जोड दिएका छन् । 

यसैबीच चीनमा अध्ययनरत एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने भन्दै निगरानमिा राखिएको चिकित्सकले जनाएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेर बहादु पुनले ती विद्यार्थी ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने लगायतका समस्या देखिएपछि अस्पताल गएका थिए । कोरोना भाइरसको संक्रमण भएको आशंकामा ती विद्यार्थीलाई अस्पतालमा निगरानीमा राखिएको डाक्टर पुनले बताउनुभयो । नेपालीहरु अध्ययन, व्यवसाय, घुम्ने विभिन्न उद्देश्यले चीन जान सक्ने संभावना रहेकाले सतर्कता अपनाउन पनि उहाँले आग्रह गर्नु भएको छ । 


प्रतिक्रिया