यूरोपेली मुलुकमा कोरोना भाइरस : नेपालीलाई सर्तकता अपनाउन एनआरएनएको आग्रह

फाल्गुन १५, २०७६ | काठमाडौं

यूरोपेली मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गैरआवासीय नेपाली संघले यूरोपेली मुलुकस्थित गैरआवासीय नेपालीलाई सर्तकता अपनाउन आग्रह गरेको छ । इटालीमा २५ प्रतिशतको दरले फैलिरहेको कोरोना संक्रमणको जोखिम नेपालीलाई समेत रहेकोले सावधानी अपनाई सजक रहन आग्रह गरिएका संघका महासचिव हेमराज शर्माले बताउनुभयो । 

 इटालीसहित अष्ट्रिया, क्रोयसिया, ग्रिस, नर्वे, स्वीट्जरल्याण्ड, जर्जीया, नर्थ म्यासेडोनियामा भाइरसका नयाँ संक्रमण देखिएपछि त्यहाँ रहेका नेपालीको ध्यानाकर्षण गराइएको शर्माले बताउनुभयो । यसैबीच कोरोना भाइरसको प्रकोपबाट सजग तथा सचेत रहन बहराइनस्थित नेपाली राजदूतावासले त्यहाँस्थित रहेका नेपालीलाई आग्रह गरेको छ ।

 दूतावासले बहराइनमा केही व्यक्तिहरूमा कोरोनाको संक्रमण देखिएकाले त्यहाँ बस्ने सबै नेपालीलाई सजग रहन अनुरोध गरेको हो । कोरोनाको लक्षण देखापरेमा बहराइनको टोल फ्री स्वास्थ्य मन्त्रालयको टोल फ्री नम्बरमा आफ्नो बारेमा जानकारी गराउन दूतावासले आग्रह गरेको छ । 


प्रतिक्रिया