नेकपा नफुट्दैन : नेता खनाल

फाल्गुन १७, २०७६ | नुवाकोट

– पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालले पार्टी फुट्ने हल्ला मात्र भएको बताउनुभएको छ । नुवाकोटमा आयोजित कार्यक्रममा उहाँले / नेकपा फुटुस् टुटोस् भनेर सपना देखिरहेकाको सपनामा तुषारापात हुने उल्लेख गर्नुभयो । नेता खनालले पार्टी निश्चित कार्यदिशा, सिद्धान्त, नीतिको आधारमा बनेको बताउनुभयो ।

 कार्यदिशा, नीति र सिद्धान्तको आधारमा बनेको पार्टी एकतावद्ध रहेको र एकताको प्रक्रिया अझै गहिरेर गईरहेको पनि उहाँले दावी गर्नुभयो । एमसिसी अध्ययन गरेर कार्यदलले पार्टीलाई विस्तृतरुपमा बुझाएको प्रतिवेदन केही दिनमा सार्वजनिक हुने उहाँले उल्लेख गर्नुभयो ।

नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लाने विषयमो पार्टीको केन्द्रिय सचिवालयले सर्वसम्वत निर्णय गरिसकेको बताउनुभयो । 


प्रतिक्रिया