कालापानीमा सुनकोसीको पानी तानेर वितरण शुरु

फाल्गुन १८, २०७६ | खोटाङ

खोटाङको खोटेहाङ गाउँपालिका–९ स्थित कालापानीमा सुनकोसीको पानी तानेर वितरण गर्न थालिएको छ । पम्पिङ प्रविधि अपनाएर सुनकोसीको रसुवाघाटबाट करिब १८ सय मिटरमाथि रहेको गाउँमा पानी निकालिएको हो ।

 रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम पूरा भएसँगै नदीको पानी तानेर गाउँमा पुर्‍याइएको उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले जानकारी दिनुभयो । खानेपानी तथा सरसफाइ मन्त्रालयको अनुदान तथा उपभोक्ताको ३६ लाख बराबरको श्रमदान गरी करिब एक करोड ८० लाख रुपैयाँ लागतमा आयोजना सम्पन्न भएको हो । 

पुस २४ गतेदेखि गाउँमा निरन्तर पानी वितरण भइरहेको उपभोक्ता समितिका अध्यक्ष राउतले बताउनुभयो । कालापानीका करिब पाँच सय बढी उपभोक्तालाई पानी विस्तार गर्ने भनिए पनि हाल ६१ घरमा मात्र धारा पुर्‍याइएको छ । यसअघि कालापानीका एक सय १५ घरपरिवार घण्टौं हिडेर पानीको जोहो गर्न बाध्य थिए ।


प्रतिक्रिया