बस दुर्घटनामा २५ यात्रु घाईते

फाल्गुन २३, २०७६ | धनकुटा

कोसी राजमार्गको धरान धनकुटा सडक खण्ड अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका ६ स्थित कार्कीछापमा आज दिउँसो भएको सवारी दुर्घटनामा २५ बढि यात्रु घाइते भएका छन् ।

धरानबाट तेह्रथुमको सुक्रबारेतर्फ जाँदै गरेको को.१ ख २८२४ नं.को बस दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शी तथा उद्धारमा सम्लग्नका अनुसार ५० बढि यात्रु घाइते भएको जनाएका छन् । अधिकांसको टाउकोमा गम्भीर चोट र हातखुट्टा भाँचिएको छ । 

उद्धारमा सम्लग्न चहकमान थापाका अनुसार २५ जना गम्भीर रहेको बताईएको छ । अधिकांस यात्रुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

बस ब्रेक फेल भई दुर्घटना परेको प्रहरीको अनुमान छ । बसका चालक तथा सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिच सडकमा बस पल्टिएकोले एक घण्टा यातायात अबरुद्ध भएको थियो । दुर्घटनामा परेको बस हटाएर एकतर्फी रुपमा यातायात खुलाईएको छ । 

दुर्घटनाबारे थप छानविन गरिने ट्राफिक प्रहरी इन्चार्ज सुरेन्द्र खड्काले जानकारी दिनुभयो । 


प्रतिक्रिया