गोसाईंकुण्ड जाने पर्यटक रुट र ककनी सुनसान

फाल्गुन ३०, २०७६ | नुवाकोट

काठमाण्डौंको सुन्दरीजल नुवाकोटको चिसापानी–कुटुङसाङ–मागिनगोठ–घोप्टे हुँदै गोसाइकुण्ड जाने चल्तीको पर्यटक मार्ग सुनसान बनेको छ । यही रुट हुँदै गोसाइकुण्डमा पर्यटक जाने मुख्य सिजन भएपनि सुनसान बनेको सहकर्मी कृष्ण थापाले जनाएका छन् । 

कोरोनाका कारण पदमार्ग हुँदै रसुवाको गोसाइकुण्ड र लाङटाङसम्म जाने पर्यटक समेत ठप्प भएको दुप्चेश्वरगाउँपालिका २ कुटुङसाङस्थित गोसाईकुण्ड होटलकी संचालक फेन्जोङ शेर्पाले बताउनुभयो । कुटुङसाङका ७ ,मागिनगोठका ३, घोप्टेको एउटा , चिसापानीका आधा दर्जन होटल कोरोना भाइरस कोभिड १९ का कारण खाली भएको संचालकको भनाई छ ।

त्यसैगरी पर्यटकीय क्षेत्र ककनीमा होटल र रेष्टुराँ सुनसान छ । त्यसैगरी ककनी एडभेन्चेर क्याम्पका संचालक विष्णु योञ्जन पर्यटक आउन छाडेको बताउनुभयो । 


प्रतिक्रिया