कैलालीमा निषेधाज्ञा

चैत्र १०, २०७६ | धनगढी

जिल्ला प्रशासन कार्यालय कैलालीले आज दिउँसो २ बजेदेखि निशेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि अत्यावश्यक सेवाबाहेक सबै बन्द गर्ने निर्णय गरेको हो ।

प्रशासनले सार्वजनिक स्थल, बजार, उद्योग, कलकारखाना बन्द गर्न भनेको छ । साथै सबै प्रकारका भेला, सभा, सम्मेलन, गोष्ठी, सेमीनार, भिडभाड गर्ने कार्यक्रम नगर्न, नगर्न निर्देशन गरिएको छ । निर्देशन उल्लंघन भए कानुन बमोजिम कार्वाही हुने प्रशासनले जनाएको छ ।

कैलाली उद्योग वाणिज्य संघले पनि अत्यवाश्यक पसलबाहेकका सबै पसल व्यवसाय आज बिहानदेखि नै बन्द गर्न भनेको थियो । सीमा नाका बन्द गर्ने भनिएपनि भारतबाट त्रिनगर नाकाम आइपुगेका नेपालीहरु अलपत्र पर्ने अवस्था भएपछि सुरक्षाकर्मीहरुले उनीहरुलाई आउन दिएको छ । विहान अत्यधिक घुइँचो भएपनि दिउँसो भने फाट्टफुट्ट संख्यामा नेपाल आइरहेका छन् ।

यसैबीच नेपाली सेना र सशस्त्र प्रहरी क्वारेन्टाईन निर्माण गर्न जुटिरहेका छन् । धनगढी रंगशालामा उनीहरुले ५० बेडको क्वारेन्टाईन बनाइरहेका हुन् । 


प्रतिक्रिया