बारामा निषेधाज्ञा जारी

चैत्र ११, २०७६ | बारा

जिल्ला प्रशासन कार्यालय बाराले आजदेखि एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

मुलुकभर जारी लकडाउन र जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञाका कारण बाराका बजार, सडक, चोक सुनसान छ । अतिआवश्यक बस्तु किनमेल, ओसारपसार गर्नेबाहेक सबै काम बन्द भएको हो । प्रजिअ पण्डितद्वनारा जारी विज्ञप्तिमा चैत १८ गतेसम्म निषेधाज्ञा जारी रहने उल्लेख छ ।

यस्तै स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगर क्षेत्रमा गएरातिबाट लगाएको ‘कर्फ्यू’ जारी छ । विशेष गरेर भारतबाट ठूलो संख्यामा दैनिक मानिस भित्रिरहेपछि नियन्त्रणका लागि उपमहानगर क्षेत्रमा कर्फ्यू लगाउन बाध्य भएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले बताउनुभयो । 


प्रतिक्रिया