राजबिराजमा सेना परिचालन

चैत्र ११, २०७६ | काठमाडौं
भारतबाट नेपाल प्रवेश गर्ने राजविराज लगायत आसपासका नाकामा नेपाल प्रहरीलाई हुलहुज्जत गरिएपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
नाकाबाट नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै हुलहुज्जत हुन थालेपछि स्थानीय प्रशासनले सेना र सशस्त्र प्रहरीको टोली खटाएको हो । अन्य जिल्लामा भने स्थिती सामान्य रहेको र प्रहरी नै अग्र भागमा खटिएको छ ।
राजविराजस्थित भीम दल गणका गणपति गुप्तबहादुर कुँवरले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या कम रहेकाले सहयोगका लागि सेना खटाइएको बताउदै माथिल्लो निकायको आदेश अनुसार लकडाउनमा सहयोगका लागि परिचालन भएको जानकारी दिनुभयो ।
सप्तरीको राजविराज, रुपनी, कल्याणपुर र हनुमान नगरमा सेना खटाइको गणपति कुँवरको भनाई छ ।