स्वास्थ्य सामग्रीबाट अनौठो गन्ध आएको भन्दै सेनाको स्काई ट्रक फिर्ता

चैत्र १७, २०७६ | काठमाडौं

 सूदुरपश्चिम प्रदेशको धनगढी तथा प्रदेश १ को विराटनगरका लागि स्वास्थ्य सामग्री लिएर उडेको नेपाली सेनाको दुईवटा स्काई ट्रकमा अनौठो गन्ध आएको भन्दै बीचबाटै फर्किएको छ । सोमबार बिहान स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएको सामान प्रदेशमा पुर्‍याउनका लागि स्काई ट्रक उडेको थियो ।


विमानचालकले गन्धका कारण उडान भर्न नसक्ने बताएपछि स्काई ट्रक डाइभर्ट भएर पुन: त्रिभुवन विमानस्थल नै फिर्ता भएको थियो। सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्काई ट्रक फिर्ता भएको घटनाको पुष्टि गर्नुभयो ।

उहाँले भन्नुभयो, 'गन्ध आयो भने बीचबाट स्काई ट्रक फर्किएको सही हो। त्यो गन्ध आइरहेको सामान हटाएर सुर्खेतका लागि एउटा ट्रक गइसक्यो। अब धनगढी लाने पनि उड्न तयार छ, ।'

 के कस्तो गन्ध आएको भनेर यकिन भइसकेको छैन।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार स्यानिटाइजरको गन्धका कारण विमानहरु बीचबाटै फिर्ता भएका थिए।


प्रतिक्रिया