विदेशबाट आएकाहरु क्वारेन्टाइनमा बस्दैनन्, अधिकांश खाली

चैत्र १८, २०७६ | जुम्ला

विदेशबाट आएकाहरुलाई निगरानीमा राख्न भन्दै जुम्लाका आठ वटै स्थानीय तहमा २ सय ४२ वटा बेड क्षमताको क्वारेन्टाइन निर्माण भएका छन् । भारत तथा खाडी मुलुकबाट आएकाहरुलाई राख्न भनि बनाइएका क्वारेन्टाइनमा २ सय ४२ वटा बेड भएपनि अधिकाशं खाली छन् । 

जिल्ला प्रशासन कार्यालयका अनुसार चन्दननाथ नगरपालिकामा ३०, हिमा गाउँपालिकामा ३२, पातारासीमा १०, गुठिचौरमा ६, तिलामा ५३, कनकासुन्दरीमा २०, तातोपानीमा ५० र सिँजा गाउँंपालिकामा ४ गरी २ सय ४२ बेडको क्षमताको क्वारेन्टाइन भएपनि ७१ जना मात्रै क्वारेन्टाइनमा वसेका छन् । 

कर्णाली प्राविधिक शिक्षालयमा चन्दननाथ नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा एक जना पनि बसेका छैनन् । हिमा गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा ३२ जनालाई राखिएको छ । पातारासीमा बच्चा सहित ९, गुठिचौरमा १, तिलामा १०, होम क्वारेन्टाइनमा १ जना, सिँजामा १२ जना र कनकासुन्दरीमा रहेको क्वारेन्टाइनमा ५ जना राखिएको छ । तोतोपानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका सबै जना घर फर्किसकेका छन् ।

जुम्लाबाट १५ जना विदेशी फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । हाल सम्म ११ जना महिला ६० जना पुरुष मात्रै क्वारेन्टाइनमा बसेका छन् । विदेशबाट आएकाहरु क्वारेन्टाइनमा नबस्दा कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ । 

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार ३ सय ७१ जना भारतबाट जुम्ला भित्रिएका छन् भने तेस्रो मुलकुबाट १३ जना जिल्ला भित्रिएका छन् । लकडाउनकै समयमा जिल्ला भित्रिएका धेरै जसो ब्यक्तिहरु क्वारेन्टाइनमा नबसेर गाउँ घरमा गईसकेका छन् । स्थानीय तहले पटक पटक अनुरोध गर्दा समेत उनीहरु क्वारेन्टाइनमा बसेका छैनन् ।


प्रतिक्रिया