बाग्मती प्रदेशमा ३ हजार ३ सय ३ बेडको क्वारेन्टाइन निर्माण

चैत्र २७, २०७६ | हेटौंडा

– बाग्मती प्रदेशका १३ वटा जिल्लामा कोरोना भाईरसका रोकथाम नियन्त्रण र उपचारका लागि ३३ सय ३ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । ९ सय ५० शैयाको आईसोलेसन वार्ड निर्माण गरिएको छ । सबै भन्दा बढी चितवनमा २ सय ९९ वार्डको आईसोलेसन चितवनमा निर्माण गरिएको छ । ३ सय शैय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । 

चितवनस्थित कोरोना अस्पतालमा ११ जना आईसोलेसन वार्डमा छन् । काठमाण्डौंमा १ सय ८५ वटा आईसोलेसन वार्ड तयार छ भने ललितपुरमा एक सय २० वटा छन् । भक्तपुरमा ९१वटा आईसोलेसन वार्ड बनाइएको छ । यसैगरी दोलखामा ५५ शैय्याको आईसोलेसन वार्ड निर्माण गरिएको छ भने ९७ सय वटा क्वारेन्टाइन निर्माण गरिएको छ । दोलखाका चिकित्सकहरुलाई ४८ थान स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउने सामग्री पिपिई पनि वितरण गरिएको छ ।

सिन्धुलीका ९ वटै स्थानीय तहमा १ सय ८७ वटा क्वारेन्टाइन निर्माण गरिएको छ । ३० आइसोलेसन वार्ड निर्माण गरिएको छ । सिन्धुली अस्पतालमा रहेको आइसोलेसन वार्डमा ३ जनाको उपचार भइरहेको छ । यसैगरी नुवाकोटमा ५२ वटा आईसोलेसन वार्ड र २ सय ५१ वटा शैय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । नुवाकोटमा विदेशवाट आएका १६ जना सेल्फ क्वारेन्टाइनमा छन । उपत्याकासंग जोडिएको काभ्रेमा १० वटा आईसोलेसन वार्ड निर्माण गरिएको छ । नेपाली सेनालगायत स्थानीय तहको सक्रियतामा २ सय ३८ शैय्याको क्वारेन्टाइनको निर्माण गरेको छ । । वाग्मती प्रदेशको दुर्गम रसुवा जिल्लमा २ सय ५१ शैय्याको क्वारेन्टाइन बनाएको छ भने ५२ शैयाको आईसोलेसन निर्माण गरिएको छ ।

यसैवीच सिन्धुपाल्चोकमा ४ सय ६ शैय्याको क्वारेन्टाईन तयार पारिसकेको छ भने ३२ वेड आईसोलेसन निर्माण गरिएको छ । रामेछापमा २ सय ६६ शैय्याको क्वारेन्टाइन निर्माण गरिसकेको छ भने २९ शैय्याको आईसोलेसन तयारी अवस्थामा छ । बाग्मती प्रदेशका १३ जिल्लामा ६ सय ९८ जना क्वारेन्टाईनमा छन् । यस प्रदेशमा ८ सय ४२ वेडको आईसोलेसन तायारी अवस्थामा छ । प्रदेशको १३ वटा जिल्लामा ४ सय ५६ वटा आईसियु तयारी अवस्थामा रहेको बाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले बताउनुभयो ।  


प्रतिक्रिया