वीरगन्जका ३ वटा वडा शिल

वैशाख २५, २०७७ | वीरगञ्ज

वीरगञ्जमा हिजो एकै परिवारका १७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएपछि जिल्ला सुरक्षा समिति पर्साले महानगरपालिकाको तीन वटा वडा शिल गरेको छ । 

प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको सुरक्षा समितिले कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरुको सम्र्पकमा आएका सबैको शीघ्र कन्ट्याक्ट ट्रेसिङ गरी चेकजाँचको कामलाई तीव्रता दिने पनि निर्णय गरेको छ । 

कोभिड १९ संक्रमण फैलनबाट रोक्न पूर्वमा रजत जयन्ती चौक, इदगाहचौक, छपकैया बिट चौक, मालपोत चौक, पश्चिममा छपकैया बजार चौक, सर्सिया पुल चौक, सिर्सिया भन्सार, उत्तरतर्फ एमबिएस स्कुल, पानी ट्यांकी चौक, युक्ति सुधार केन्द्र, बहिपुल, दक्षिणतर्फ वीरगन्ज महानगरपालिका १ र २ का भारतसँग सीमा जोडिएका सीमा क्षेत्र सहित वडा १, २ र ३ का इलाकाहरु समेटिने गरी शिलबन्दी गर्ने निर्णय भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले वीरगन्जको पावर हाउस चौक देखि रजतजयन्ती चौकसम्मको मूख्य सडक समेत निषेधित गरिएको बताउनुभयो । 


प्रतिक्रिया