रुकुम घटना: थप जना ६ पक्राउ

जेष्ठ १५, २०७७ | रुकुम पश्चिम

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती घटनाका थप ६ आरोपितलाई प्रहरीले आज विहान पक्राउ गरेको छ ।

स्थानीय इन्द्रबहादुर मल्ल, दिपेन्द्र चन्द, तिलक चन्द, हर्कबहादुर मल्ल, लिपेन्द्र मल्ल र विनोद मल्ललाई पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । यस अघि सो घटनामा संलग्न भनिएका वडाध्यक्ष डम्मरबहादुर मल्ल, बीरबहादुर मल्ल, प्रकाशी मल्ल सहित १२ जना पक्राउ परिसकेका छन् ।

पीडित परिवारले २० जना विरुद्ध कर्तव्य जान मुद्दामा किटानी जाहेरी दिएका छन् । जसमध्ये २ जना फरार रहेको र उनीहरुको खोजि भइरहेको प्रहरीले बताएको छ । 

भागीविवाहका लागि भन्दै गत शनिबार मल्ल थरकी युवतीलाई लिन सोती पुगेका जाजरकोट भेरी नगरपालिका–४, का २१ वर्षीय नवराज विक र उनका साथीहरुमाथि आक्रमण हुँदा ४ जनाको मृत्यु भएको छ । नवराजसहित गणेश बुढा मगर, लोकेन्द्र सुनार र टिकाराम नेपालीको शव भेरी नदी र नदी किनारमा फेला परेको थियो । 

जाजरकोट भेरी नगरपालिका–११ का गोविन्द शाही र ४ नम्वर वडाका सञ्जु विक वेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । 


प्रतिक्रिया