क्वारेन्टाइनमा बस्ने ठाउँ नभएपछि भारतबाट आएका गाउँ छिरे

जेष्ठ १९, २०७७ | जुम्ला

क्वारेन्टाईनमा ठाउँ अभाव भएपछि भारतबाट नेपाल फर्किएका जुम्लाका ३५ जना गाउँ छिरेका छन् । भारतबाट हिजो दिउँसो जुम्ला पुगेका ४० जनालाई स्थानीय तहले राति ११ बजे सम्मपनि क्वारेन्टाइनमा राख्ने ब्यवस्था नमिलाए पछि उनीहरु गाउँ छिरेका हुन् ।

 भारत र अन्य जिल्लाबाट आएका चन्दननाथ नगरपालिकाका १२ र तातोपानी गाउँपालिकाका २३ जना जिल्ला स्तरीय एकीकृत क्वारेन्टाइन भरिभराउ भएपछि गाउँ छिरेका हुन् । यस्तै, गुठिचौर गाउँपालिकाका ५ जनालाई भने सोही गाउँपालिकाको क्वारेन्टाईमा लगिएको छ । 

भारतबाट आएकाहरु क्वारेन्टाईनमा नबसी गाउँ फर्किएपछि जुम्लामा त्रास फैलिएको छ । गाउँ फर्किएका उनीहरु कता गए भन्ने खुल्न सकेको छैन । 

अदालतले हाललाई क्वारेन्टाइन नबनाउनु भनी अन्तरिम आदेश दिएका कारण क्वारेन्टाइन बनाउन नसकिएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो । स्थानीयको अवरोधका कारण कर्णाली प्राविधिक शिक्षालय बाहेक अन्य स्थानमा क्वारेन्टाइन निर्माणमा समस्या भएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया