भैरहवाको भीम अस्पतालबाट २५ जना डिस्चार्ज

जेष्ठ १९, २०७७ | भैरहवा

रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत २५ जना कोरोना संक्रमित सोमबार बिहान डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न स्थानका क्वारेन्टाईनमा रहेका उनीहरुलाई बैशाख ३० गते अस्पतालमा भर्ना गरिएको थियो । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नवीन दर्नालले उपचारमा आएकामध्ये केहीलाई सामान्य स्वासप्रश्वास र उच्च रक्तचाप देखिएपनि अन्य गम्भीर समस्या भने नरहेको बताउनुभयो । 

सबै जनाको दुई पटकसम्म कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उहाँले जानकारी दिनुभयो । 

अस्पतालका अनुसार, रुपन्देहीको गैडहवा गाउँपालिकाका १०, कपिलवस्तुुका ५, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका १ र कोटइमाई गाउँपालिकाका १ गरी २५ जना डिस्चार्ज भएका हुन् । 

भारतीय नागरिक बाहेक अन्य सबै जना भारतको मुम्बइमा रोजगारी गरी घर फर्केका हुन् । 


प्रतिक्रिया