सोती घटनामा ज्यान गुमाउनेको संख्या ६ पुग्यो

जेष्ठ २०, २०७७ | जाजरकोट

– गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । भेरी नगरपालिका ४ का बर्ष १७ का गोविन्द शाहीको शव बेपत्ता भएको १० दिनपछि भेरी नगरपालिका १२ खोदाखोला जाजरकोट भन्ने स्थानमा भेटिएसंगै मृतकको संख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले बताउनुभयो ।

यसअघि यसै घटनामा परेर ज्यान गुमाएका भेरी नगरपालिका ४ राणा गाउाका बर्ष २१ का नवराज विक, सोही ठाउाका बर्ष १९ का गणेश बुढा र सञ्जु विक, चौरजहारी नगरपालिका १ का बर्ष २० टीकाराम नेपाली, भेरी नगरपालिका ११ का बर्ष १८ का लोकेन्ऽ सुनारको शव यसअघि नै फेला परिसकेको छ ।

पछिल्लोपल्ट शव भेटिएका शाही बाहेक अन्य पाँच जनाको पोष्टमार्टम् भएर पनि आफन्तले शव बुझेर अन्तेष्टी समेत गरिसकेका छन् । पीडितले गत जेठ १३ गते जिल्ला प्रहरी कार्यालय जाजरकोट मार्फत २० जनाको नाममा किटानी जाहेरी दिईसकेका छन् । किटानी परेकाहरु मध्ये १८ जानलाई प्रक्राउ गरिसकेको र बाँकी २ जनाको खोजी भैरहेको रुकुम पश्चिम प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीले बताउनुभयो ।

आफुले प्रेम गरेकी मल्ल थरकी केटी भगाउन गत जेठ १० गते शनिबार दिउँसो जाजरकोटबाट स्थानिय नवराज विक आफ्ना १८ जना साथी लिएर सोती गाउँ पुगेका थिए त्यही बेला उनीहरु माथि आक्रमण र कुटपिट भएको थियो । १२ जना कुटपिटबाट बच्न सफल भएका थिए भने बाँकी ६ जनाको ज्यान गएको छ । 


प्रतिक्रिया