कर्णाली प्रदेशमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

जेष्ठ २२, २०७७ | जुम्ला

कर्णाली प्रदेशमा बिहीबार थप १ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा बिहीबार गरिएको पीसीआर परीक्षणमा १ सय ६ जनामा संक्रमण देखिएको हो । 

दैलेखका मात्रै एक सय ५ जनामा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । मुगुको खत्याडका एक जना पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । दैलेखेको नारायण नगरपालिकाका ६४ जना पुरुष र ५ जना महिलामा कोरोना पोजेटिभ देखिएको छ । 

त्यस्तै, देवलकाँडा का १२ जना पुरुष, सोतका ९ जना पुरुष, मानटाकुराका ७ जना पुरुष, साडुका २ जा पुरुष, भवानी का ५ जनाप पुरुष र बासकोटका १ जना पुरुष गरी १०५ जनामा कोरोना पोजेटिभ देखिएको हो । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय १३ पुगेको छ । 


प्रतिक्रिया