पर्सामा थपिए ८ संक्रमित

जेष्ठ २६, २०७७ | पर्सा

– भारतबाट फर्किएका पर्साका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको जगरनाथपुर गाउँपालिकाको सन्ठी स्थित क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना पुष्टि भएको नारायणी अस्थाई कोभिड अस्पतालका कोर्डिनेटर डा. उदय नारायण सिंहले बताउनुभयो । डा सिंहले नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २० वर्ष देखि ५५ वर्ष समूहका आठजनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

 गत जेठ २३ मा उनीहरको स्वाब संकलन गरिएको थियो । संक्रमित पुष्टि भएकाहरु जगरनाथपुर गाउँपालिका –६ सन्ठीका निवासी हुन् । सन्ठी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा ३४ जनालाई राखिएको औराहा स्वास्थ्य चौकीका इन्चार्ज पप्पु रौनियारले बताउनुभयो । संक्रमितलाई नारायणी अस्थाई कोभिड अस्पतालमा ल्याउने तयारी भइरहेको छ । स्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार संक्रमति पुष्टि भएकाहरुको कनट्याक्ट ट्रेसिङ थालिएको छ ।


प्रतिक्रिया