बजेट कार्यान्वयनमा सत्तारुढ दलकै सांसदको आशंका

असार ३, २०७७ | विराटनगर

– प्रदेश १ को प्रदेशसभा बैठकमा आर्थिक बर्ष २०७७/७८ को बजेटमाथिको छलफलका क्रममा सत्तारुढ दल नेकपाकै प्रदेशसभा सदस्यहरुले कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । 

सत्तारुढ दलका प्रदेशसभा सदस्य राजकुमार ओझाले कोरोना भाइरसको महामारी फैलिएको अबस्थामा आएको बजेटको स्रोत जुट्नेमा आशंका व्यक्त गर्नुभयो । प्रदेश सरकारले पूरकसहित ल्याएको चौंथो बजेटमा ६ अर्ब मौज्दात हुँदाहुँदै घाटा बजेट ल्याउनुको अर्थ के हो भनेर उहाँले प्रश्न गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रदेशसभा सदस्य शेखरचन्द्र थापाले बजेटको स्रोतमा मौज्दात रकम हुँदाहुँदै घाटा बजेट ल्याउनु हास्यास्पद भएको उल्लेख गर्नुभयो । प्रदेश १ सरकारले गत सोमबार ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार बजेट ल्याएको छ । 


प्रतिक्रिया