भारतले बनाएको रेल्वे लिकले मोरङमा डुबान

असार १५, २०७७ | विराटनगर

– भारतको बथनाहादेखि कटहरीसम्म निर्माण भईरहेको रेल्वे लिकले विराटनगर महानगरपालिका–१८ स्थित किसानको डेढ सय विघा खेत डुबानमा परेको छ । जमिनको सतहबाट ५ फिट अग्लो रेल्वे लिक निर्माण भएपछि सो क्षेत्रका बासिन्दा २/३ बर्षदेखि डुबानको समस्या क्षेल्दै आएका छन् । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सीमा क्षेत्रमा निर्माण गरिएको जाँच चौकीसम्म पुग्ने सहायक सडक र रेल्वे लिकले डुबानको समस्या भएको बताउनुभयो ।

 रेल्वे लिकसँगै एकिकृत जाँच चौकीमा पनि पर्याप्त पानी निकासको व्यवस्था नगरिएकाले पनि सो क्षेत्रमा डुबानमा परेको हो । बर्षाको पानी दक्षिणतर्फ निकास नहुँदा गत बुधबार घर नजिकैको खेतमा डुबेर स्थानीय जयपाल मण्डलका ७ वर्षीय छोरा अंकुशको मृत्यु भएको थियो ।

 विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्कीले रेल्वे लिक र जाँच चौकीले डुबानको समस्या रहेको तर त्यसको समाधान स्थानीय स्तरबाट नहुने अबस्था रहेकोले संघीय सरकारमा पहल थालेको बताउनुभयो ।   


प्रतिक्रिया