बारामा चट्याङले ४ को मृत्यु

असार १८, २०७७ | बारा

– बाराका विभिन्न स्थानमा बिहान परेको चट्याङले ४ जना महिलाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । कलैया उपमहानगरपालिका–१२ सितलपुरमा धान रोपाईं गर्ने क्रममा चट्याङ पर्दा ३५ बर्षीया आशादेवी महतो कोइरी र ४५ बर्षीया हलिमा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसैगरी फेटा गाउँपालिका–१ त्रिवेणीमा चट्याङले ४५ बर्षीया सेन्धुदेवी महतो कोइरी र ५० बर्षीया सुनरपतिदेवी महतो कोइरीको मृत्यु भएको प्रहरीले जनाएको छ । सोहि स्थानमा ४ जना महिला चट्याङले घाइते भएको वडाध्यक्ष जयप्रकाश दासले बताउनुभयो । घाइतेको वीरगन्जको नारायणी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष दासले बताउनुभयो ।    


प्रतिक्रिया