कान्तिपुरकर्मी बडुवाल पुरस्कृत

असार २२, २०७७ | रुपन्देही

कोरोना संक्रमण महामारीका बेला समाचार सम्प्रेषणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै कान्तिपुरकर्मी दिपेन्द्र बडुवाल पुरस्कृत हुनु भएको छ । 

रिपोर्टस क्लब प्रदेश ५ ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा बडुवाललाई एक कार्यक्रमकाबीच नगद सहित सम्मान पत्र प्रदान गरिएको हो । 

कार्यक्रममा कोरोना महामारीमा अग्रपंक्तिमा रहेर सेवा गरिरहेका कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा सुदर्शन थापालाई समेत क्लबले कदरपत्र प्रदान गरेको छ । 

कार्यक्रममा बोल्दै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले विषम परिस्थितमा पनि प्रदेश सरकारले अन्य प्रदेशका तुलनामा धेरै क्वारेन्टिन, आइसोलेसन सेन्टर स्थापना गरी नागरिकको स्वास्थ्यका लागि उत्तरदायी भूमिका निर्वाह गरेको बताउनुभयो । 


प्रतिक्रिया