सिन्धुपाल्चोकको बाढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो

असार २६, २०७७ | सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा बाढी तथा पहिरोका कारण बिस्थापित गाती जम्बु र खाग्दलका विस्थापित सबै घरपरिवारलाई अन्यत्रै सारिएको छ ।

 इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेकाअनुसार विस्थापित १६ र जोखिममा परेका ६० घरपरिवार लाई स्थानन्तरण गरिएको छ । पलातीका ४० परिवार खाग्दलमा तथा घुम्थाङ, र मानेश्वाराका ७६ परिवार जम्बुमा बस्दै आएका थिए । उनीहरुको उद्वारकार्य भइरहेको छ । 

उनीहरुलाई पाल, खाद्यन्न लगायतका राहत वितरणको तयारी गरेको बाह्रबिसे नगरले वेपत्ताका आफन्त र विस्थापित परिवारलाई तत्काल राहत स्वरुप एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।


प्रतिक्रिया