बझाङमा ब्लड बैङ्क स्थापना

असार २७, २०७७ | बझाङ

बझाङ अस्पतालमा व्लड बैङ्क स्थापना गरिएको छ । ब्लड बैङ्क स्थापना भए सँगै रगतको अभावमा गम्भिर प्रकृतिका विरामीको ज्यान जोखिममा हुने अवस्था अन्त्य हुने भएको छ । 

संसद विकास कोषको ५० लाख लागतमा ब्लड बैङ्क स्थापना गरिएको अस्पतालका चिकित्सक मिलन खड्काले बताउनुभयो । जिल्ला अस्पतालमा उपचार गर्न आउने विरामीहरु मध्ये हप्तामा कम्तीमा दुइ जनालाई रगतको आवश्यकता हुने गरेको छ । 

 ब्लड बैङ्कमा तीन देखी ६ महिना सम्म रगत सुरक्षित रुपमा भण्डार गर्न सकिने जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दिप ओखेडाले बताउनुभयो ।   


प्रतिक्रिया