सम्पदा पुनर्निर्माणले गति लिँदै

असार २७, २०७७ | भक्तपुर

भक्तपुरमा लकडाउनका कारण रोकिएका पुरातत्विक सम्पदा पुनर्निर्माण कार्यले गति लिएको छ । पुरातत्व विभागको स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा भक्तपुरका अनुसार लकडाउनका कारण झण्डै तीन महिना रोकिएको पुनर्निर्माण कार्य पुन: सुरु भएको छ । 

२०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त विश्वसम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर परिसरको चौघेरा सत्तल पुनर्निर्माण कार्य अहिले भइरहेको छ । पुरातत्व विभागका अधिकृत मोहन सिं लामाका अनुसार चौघेरा सत्तल पुनर्निर्माण सुरु भएको छ । बहुवार्षिक योजना अन्तर्गत सुरु भएको सत्तल निर्माणका लागि २४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । 

लकडाउनका कारण निर्माणाधीन अवस्थामै रोकिएर अलपत्र परेको बाराही पिठस्थित स, राममन्दिर परिसरको सत्तल, हनुमानघाटस्थित सत्तल, सूर्यविनायक मन्दिर परिसरको सत्तल, हिन्चोक भैरवस्थित सत्तल, बलम्बु पाटी चाँगुनारायण, भिमसेन पाटी संरक्षण तथा पुनर्निर्माण सम्पन्न भएको जनाएको छ । 

वर्षातको मौसममा निर्माणाधीन सम्पदा अलपत्र छोड्दा थप क्षति पुग्ने डरले सिमित कालिगढ/कामदारकै भरमा पुनर्निर्माण कार्य चलिरहेको विभागले जनाएको छ । 


प्रतिक्रिया