डाइभर्सन बगाउँदा पुर्व पश्चिम राजमार्ग अवरुद्ध

असार २७, २०७७ | नवलपरासी

पुर्वी नवलपरासीको गैंडाकोटमा बाढीले डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । 

सडक विस्तारका क्रममा पुल निर्माण हुँदै गरेको स्थानमा डाइभर्सन निर्माण गरिएको थियो । डाइभर्सन बगाएपछि सवारी आवात जावत बन्द भएको हो ।

गएराती १ बजेदेखी सडक अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक चन्द्र बहादुर थापाले बताउनुभयो । 

अहिले बगाएको डाइभर्सनमा माटो फिलिङ्ग गरेर बाटो खुलाउने प्रयास भईरहेको छ । सयौंको संख्यामा मालवाहक ट्रक र निजी सवारी साधन रोकिएका छन् । 


प्रतिक्रिया