काठमाडौं प्रवेश नाकामा स्वाव संकलन

श्रावण १२, २०७७ | भक्तपुर

काठमाडौं उपत्यका प्रवेश गर्ने विभिन्न नाकामा यात्रुहरुको स्वाव संकलन सुरु गरिएको छ । 

कोरोना भाइरसको संक्रमण समुदायमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको चिकित्सा कोभिड–१९ प्रयोगशाला कमिटीले उपत्यकाको मुख्य नाका नागढुङ्गा, साँगा र फर्पिङ मा यात्रुहरुको स्वाव संकलन सुरु गरेको कमिटिका प्राविधिक जनस्वास्थ्यकर्मी कमल रानाभाटले जानकारी दिनुभयो । 

टोलीले आजदेखि भक्तपुरको साँगा भएर प्रवेश गर्ने यात्रुहरुको दुई सिफ्टमा पीसीआर परिक्षणकालागि स्वाब संकलन गरिने जनस्वास्थ्यकर्मी रानाभाटले बताउनुभयो । टोलीले उपत्यका प्रवेश गर्ने करिब १० हजार यात्रुको ‘नेजल स्वाब’ को नमूना संकलन गर्ने योजना बनाएको छ । 

जसअन्तर्गत हिजो साँगा नाका भएर प्रवेश गर्ने ६२ जना यात्रुको ‘नेजल स्वाब’ संकलन गरेको जनस्वास्थ्यकर्मी कमल रानाभाटले बताउनुभयो । साँगा भएर प्रवेश गर्ने करिब ४ हजार यात्रुको ‘स्वाब’ को नमूना संकलन गर्ने लक्ष्य कमिटिको छ । स्वास्थ्य टोलीले नाकामा प्रत्यक्ष खटिने प्रहरी कर्मचारीको समेत ‘नेजल स्वाब’ संकलन गरिने जनाएको छ ।  


प्रतिक्रिया