मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा जोशी

श्रावण १४, २०७७ | हेटौंडा

बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. विश्वराज जोशी (बीआर जोशी ) लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपिरषदको बैठकले जोशीलाई ४ वर्षका लागि प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो । 

यसअघि वीर अस्पतालमा नेशनल एकेडेमी अफ मेडिकल साईन्सको रजिस्ट्रार, वीर अस्पतालमा नै युरोलोजिष्ट प्रमुख समेत रहेका जोशीले सन १९७४ मा एमडी र १९८३ मा डाक्टर उपािध हासिल गरेका थिए । 

उपकुलपति नियुक्तिसँगै प्रतिष्ठान सञ्चालनका कार्यहरु अगाडि बढ्ने सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताउनुभयो ।

यसैगरी प्रदेश बाल अधिकार समितिमा पनि सदस्यहरू नियुक्त गरिएको छ । समितिमा झविन्द्र ज्ञवाली, शान्ता बराल, शान्ति श्रेष्ठ, मिना थापा र लक्ष्मी ढकाललाई मनोनित गरिएको छ । 

उनीहरुको कार्यकाल ४ वर्षको हुनेछ । यसैगरी बैठकले प्रदेश युवा परिषद नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री ढुङ्गेलले जानकारी दिनुभयो । यसैगरी वैदेशिक सहयोग प्राप्ति र कर छुटका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया