सार्वजनिक स्थलमा भिडबाडसँगै संक्रमणको जोखिम बढ्दो

श्रावण २०, २०७७ | काठमाडौं

चाडपर्वको मौसम शुरु भएसँगै भिडभाड नगर्न सरकारले गरेको निर्देशन उल्लंघन गर्ने क्रम समेत बढेको छ । सर्वसाधारणको अस्वभाविक भिडभाडले कोभिड १९ को संक्रमण जोखिम थप बढेको छ ।

जनैपूर्णिमाका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न मठ मन्दिरमा हिजो सर्वसाधारणको उल्लेख्य जमघट बढेको थियो । गाईजात्राका अवसरमा आजपनि समुदाय स्तरमा कार्यक्रमहरु आयोजना गरिएका छन् । चाडपर्व शुरु भएसँगै भिडभाड नगर्न र सावधानी अपनाउन गरिएको निर्देशन उल्लंघन गर्ने क्रम बढेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा हिजो मात्रै ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बजारमा भिडभाड नरोकिएको, सरकारी निर्देशन अवज्ञा गर्दै रात्रिकालिन रेष्टुरेन्ट, केही फिटनेश सेन्टरहरु पनि खुल्न थालेको सुचना प्राप्त भएको गुरागाईको भनाई छ । उहाँले भन्नुभयो, केही स्थानमा ट्राभल एजेन्सी, संग्रालय, खेलुकद, विद्यालय समेत खुलेको सुचना प्राप्त भएको छ । जसका कारण खतरा उत्पन्न भएको छ ।

काठमाडौं उपत्यकामा संक्रमण त्रास बढेपनि तत्काल लकडाउन गरिहाल्ने अवस्थामा भने नपुगिएको यद्यपी थप स्वास्थ्य मापदण्ड अपनाउने बारेमा भने सरकारले सोचिरहेको उहाँको भनाई छ । 


प्रतिक्रिया