तौलिहवास्थित मासु पसलेमा कोरोना संक्रमण

श्रावण २७, २०७७ | कपिलवस्तु

सदरमुकाम तौलिहवाका ३ मासु पसलेमा कोरोना भाईरस संक्रमण देखिएको छ । जिल्लामा ३ जना मासु पसलेसहित ११ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै ३ जना ज्वेलरी पसले, २ जना स्टुडियो र ३ जना व्यवसायीमा संक्रमण देखिएको छ । 

साउन २१ गते तौलिहवा बजार क्षेत्रबाट संकलन गरिएका २ सय २६ जनाको परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको थियो । रिपोर्ट आउन बाँकी ९८ मध्ये ११ जना मंगलबार संक्रमण पुष्टि भएको हो । 

त्यसअघि रिपोर्ट आएका १ सय १७ मध्ये ११ जना संक्रमण देखिएको थियो । यी सबै समुदाय हुन् । त्यस्तै मंगलबार प्रमुख व्यापारिक केन्द्र कृष्णनगरस्थित इन्भेष्टमेन्ट बैंकमा काम गर्ने एक जना र अर्का सरकारी कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।

समुदायमा संक्रमण फैलिएसँगै जिल्लामा मंगलबारबाट लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि साउन २७ गते बिहान ५ बजेदेखि ३२ गते राति १२ बजेसम्म जिल्लाभरि लकडाउन गरिएको हो । 

जिल्ला स्तरिय कोभिड क्राइसिस म्यानेजमेन्ट समितिको सोमबारको बैठकले ६ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो । सिद्धार्थ क्याम्पसमा गत २३ गते १ सय १९ जनाको स्वाब संकलन गरिएकोमा १ सय १५ जनाको रिपोर्ट नेगेटिभ आएको हो । ४ जनाको रिपोर्ट आउन बाँकी छ । जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ८ सय ८० पुगेको छ । सक्रिय केस १ सय १८ रहेको छ । 


प्रतिक्रिया