कोशीको आइसोलेसनमा उपचाररत ३० बर्षीय युवाको मृत्यु

श्रावण २९, २०७७ | विराटनगर

कोशी अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर १५ का ३० बर्षीय युवकको मृत्यु भएको छ । टाउको दुख्ने, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि आजै बिहान अस्पतालमा भर्ना गरिएको तर उपचारका क्रममा बेलुका मृत्यु भएको कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताउनुभयो । 

मृतकको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको र रिपोर्ट आउने बाँकी रहेको उहाँले उल्ल्ेख गर्नुभयो । महानगरमा हालसम्ममा ५ जना संक्रमितको मृत्यु भइसकेको छ । आज ६० जना संक्रमित थपिएसँगै महानगरमा संक्रमितको संख्या ४ सय १५ पुगेको छ । 


प्रतिक्रिया