रुपन्देहीमा अत्यावश्यक बाहेक अन्य सेवा प्रवाह स्थगन

भाद्र १, २०७७ | भैरहवा

कोरोना भाइरसको संक्रमणको बढ्दो जोखिम न्यूनिकरण गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ ५ गते सम्मका लागि अत्यावश्यक कार्य बाहेक अन्य दैनिक सेवा प्रवाह स्थगन गरेको छ । 

कार्यालयले सोमबार एक सूचना जारी गर्दै जिल्लामा पनि समुदायस्तरमा कोरोना संक्रमण बढ्न सक्ने भन्दै आगामी शुक्रबार सम्म दैनिक सेवा प्रवाह स्थगन गरिएको जनाएको छ । 

जिल्लाका विभिन्न स्थानीय तहले लकडाउन गरेको अवस्थामा हाललाई शान्ति सुरक्षा लगायत अत्यावश्यक कार्य बाहेक नागरिकता, राहदानी, संघसंस्था लगायत प्रशासनिक सेवा भदौ ५ सम्म बन्द रहने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले बताउनुभयो । 

ती सेवा प्रवाह गर्दा सेवाग्राहीको भिडभाड हुने र संक्रमणको जोखिम बढ्ने भएकाले तत्कालका लागि सेवा स्थगन गरिएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया