पाथीभरा मन्दिरमा ६८ तोला सुन र २९ किलो चाँदी संकलन

भाद्र ५, २०७७ | ताप्लेजुङ

ताप्लेजुङमा रहेको प्रसिद्ध तिर्थस्थल पाथीभरामा २ बर्षमा ६८ तोला सुन र २९ किलो चाँदी संकलन भएको छ ।

२०७५ साउन १ देखि २०७७ साउन सम्मको मात्रामा संकलन भएको हो । पाथीभरा क्षेत्र बिकास समितिका सदस्य तथा सुनचाँदी ब्यवस्थापन उप–समितिका संयोजक गोपाल न्यौपानेका अनुसार ५४ तोला ५७ लाल एकनम्बरी र १४ तोला ६६ लाल सुन दुईनम्बरी रहेको छ । 

संकलित सबै २९ किलो चाँदी बिक्रियोग्य रहेको न्यौपानेले बताउनुभयो । पाथीभरामा एकैजनाले तीन तोलासम्म सुन चढाएको पाइएको छ । उपसमितिले संकलित सबै सुनचाँदी बजारमुल्यअनुसार सात दिनभित्रमा बिक्रि गर्ने निर्णय गरेको छ ।  


प्रतिक्रिया