कोशी अस्पतालको आइसोलेसनमा एकको मृत्यु

भाद्र ५, २०७७ | मोरङ

विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु भएको छ । धनकुटाको भेरीगाउँपालिका ३ का ५० वर्षीय पुरूषको आज मृत्यु भएको हो । 

खोकी, ज्वरो र छाती दुखेपछि मोरङको पथरी बजारबाट प्रहरीले गएराती उनलाई कोशी अस्पताल पुर्‍याएका थिए । अस्पतालको आइसोलेसनमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताउनुभयो ।

पथरी बजारमा लामो समयदेखि बस्ने गरेका उनी विरामी भएपछि स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरि अस्पताल पठाएको थियो । उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको अस्पतालले जनाएको छ ।  


प्रतिक्रिया