कोरोना संक्रमणबाट बारामा थप २ जनाको मृत्यु

भाद्र ९, २०७७ | बारा, वीरगञ्ज

कोरोना भाइरस संक्रमित बाराका २ जनाको उपचारको क्रममा पर्साको वीरगञ्जमा मंगलबार मृत्यु भएको छ । 

वीरगञ्जको गण्डक कोभिड अस्पतालमा तीन दिनदेखि उपचाररत उनीहरूको मंगलबार बिहान मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले बताउनुभयो ।

सुवर्ण गाउँपालिका–५ का ७२ वर्षीय एक पुरूष र महागढीमाई नगरपालिका–४ का ५९ वर्षीय पुरूषको मृत्यु भएको हो । 

सुवर्णका बृद्धमा कलेजो र महागढीमाईका पुरुषमा मिर्गौलाको समस्या थियो । उनीहरू लामो समयदेखि सो समस्याबाट ग्रसित थिए । उनीहरूको मत्यु अघि नै कोराना पुष्टि भएको थियो । 

यो सहित बारामा कोरोनाले मत्यु हुनेको संख्या १० पुगेको छ ।


प्रतिक्रिया