धरानको कोभिड अस्पतालमा झापाकी ४५ बर्षीया महिलाको मृत्यु

भाद्र २१, २०७७ | धरान

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको आज मृत्यु भएको छ । योसहित प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २३ पुगेको छ । झापाको कन्काई ३ की ४५ बर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाले बताउनुभयो । उनलाई मधुमेहको दीर्घरोग पनि भएको थियो । 

प्रवक्ता सापकोटाका अनुसार निमोनिया, कमजोरी र कव्जियतको समस्याका साथै दुइदिनदेखि ज्वरो र स्वास्प्रश्वासमा कठिनाइ भएपछि मेची अस्प्तालले उनलाई भदौ १८ गते वीपी प्रतिष्ठानमा रिफर गरेको थियो । त्यहाँ ल्याउनासाथ स्वाव संकलन गरेर पिसिआर जांच गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । 

अवस्था सिकिस्त रहेकाले भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै संक्रमित महिलाको मृत्यु भएको प्रवक्ता सापकोटाले बताउनुभयो । स्वास्थ्य प्रोटोकल अनुसार मृतक महिलाको शव व्यबस्थापन गर्ने काम भइरहेको प्रतिष्ठानले जनाएको छ । 


प्रतिक्रिया