भक्तपुर नगरक्षेत्रमा भदौ मसान्तसम्म सार्वजनिक यातायात बन्द

भाद्र २६, २०७७ | भक्तपुर

भक्तपुर नगरपालिकाले नगरक्षेत्र भित्र भदौ मसान्तसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । 

निषेधाज्ञा खुकुलो बनाएर उपत्यकाको तीन वटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायात जोर–बिजोर प्रणाली लागु गरी संचालन गर्न अनुमती दिएपनि नगरले यस्तो निर्णय गरेको हो । 

नगरभित्रबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका रुट नम्बर १, ७ र ९ मा चल्ने छोटो दुरीका यातायातहरू भदौ ३१ गते सम्मका लागि बन्द गर्ने निर्णय भएको नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो । 


प्रतिक्रिया