कोरोना संक्रमणबाट एउटै वडाका दुई जनाको मृत्यु

भाद्र २९, २०७७ | कपिलवस्तु

कोरोना भाईरस संक्रमणका कारण कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटाका दुई जनाको मृत्यु भएको छ । 

रुपन्देहीको बुटवल स्थित कोरोना अस्थाई अस्पतालमा उपचार गराईरहेकी ४७ बर्षीया महिलाको बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताउनुभयो । 

बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा डायलसिस गराइरहेकी उनलाई खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर जांच गरिएको थियो । 

२१ गते कोरोना संक्रमण पुष्टि भएकी उनलाई कोरोना विशेष अस्पतालमा भर्ना गरिएकोमा दुवै मृगौलाले काम गर्न छाडेको र श्वासप्रश्वासमा समस्या बढेसंगै मृत्यु भएको डा. थापाले बताउनुभयो ।

यस्तै, शिवराज ५ कै ५८ वर्षीय पुरुषको गएराति भैरहवा स्थित भीम अस्पतालमा मृत्यु भएको छ । उनी दमका विरामी थिए । यही भदौं २२ गते उनमा संक्रमण पुष्टि भएको थियो । योसंगै कपिलवस्तुमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।


प्रतिक्रिया