रातो मत्स्येन्द्रनाथ बुङमती प्रस्थान

भाद्र २९, २०७७ | ललितपुर

सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथलाई पुल्चोकस्थित रथबाट ओरालेर सानो खटमा चार जना पुजारीले बोकेर बुङमती लगिएको छ । मीननाथको रथ भने पुल्चोकबाट तानेर टंगलस्थित उनकै मन्दिरमा पुर्‍याउन त्यसतर्फ तानिएको छ । 

कोभिड–१९ का कारणले यसवर्ष पाटनको कोरबस्ती भित्र रथ यात्रास‘गै लगनखेलमा नरिवल खसाल्ने र जावलाखेलमा भोटो जात्रा भने रोकियो । यसअघि साउन १० गते मत्स्येन्द्रनाथलाई तबहालबाट पुल्चोक पुर्‍याएर त्यहॉ रथारोहण गरिएको थियो । 

रथ यात्रा गर्ने विषयमा सरोकारवाला निकायले महिनौं दिन अनिर्णयको बन्दी बनाएको भन्दै भदौ १८ गते स्थानीय स्वत:स्फुर्त रुपमा बाहिर आएर रथ करीब २ सय मिटर तानेपछि प्रहरीसँग झडप भएको थियो । त्यसपछि भदौ २१ गते सांकेतिक रुपमा रथ १० मिटर तानेर रथयात्रा औपचारिक रुपमा समापन गरिएको थियो ।  


प्रतिक्रिया